
अरमान कुमार उपाध्याय पौष २३ गते रौतहट मा चिसो बढेपछि रौतहटका बौधिमाई नगर पालिका भित्र रहेका सम्पुर्न बिधालय बन्द गरिने भएको छ ।
रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधवारदेखि शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो ।
रौतहट को बौधिमाई नगरपालिका मा सुचना जारी गर्दै चिसोको कारण तीन दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वर्षे बिदा बाट कट्टा हुने गरी बिदा दिईएको ,भने शिक्षा संयोजक रमेष यादव ले बताए।
लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले उक्त पालिका भित्र रहेको सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा ३ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हुन ।

























