अरमान कुमार उपाध्याय   माघ १३ गते                                             परोहा नगरपालिकामा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा जनप्रतिनिधि र सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज आइतवार  परोहा नगरपालिका स्वास्थ्य शाखा लौकाहाको आयोजनामा पालिकाको सभा हलमा उक्त HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रम को प्रमुख अतिथिको रुपमा  निमित्त प्रमुख प्र्शासकिय अधिकृत मो. महफुज अहमद र बिशिस्ट अतिथि को रूपमा  स्वास्थय कार्यालय गौरकों नि. प्रमुख राजेश सिंघकों रहेको थियो तथा परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलको अध्यक्षतामा सम्पन्न भएको उक्त नगर स्तरिय खोप समन्वय समितिको एच.पी.भी. खोप अभियानमा रौतहटका सम्पूर्ण सामुदायिक विद्यालय र प्राइवेट स्कुलहरुमा यही २०८१ माघ २२ देखि फागुन ६ गते सम्म भएपनि मधेश प्रदेशको आठ वटै जिल्लाहरुमा माघ २२ देखी फागुन ६ सम्म तथा परोहा नगरक्षेत्रमा यही माघ २३ देखि २६ गते सम्म लगातार चार दिनसम्म लक्षित समूह अन्तर्गतका कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू तथा विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एच.पि.भी खोप दिइने बताईएको छ। साथै यो खोप विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट दिइने भएकाले विद्यालयमा सम्पर्क गरि खोप लगाउनु हुन परोहा  नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख  जलन्धर यादवले अनुरोध गरेका छन।

स्थानीय तह खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरले विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा ७ लाख सम्म पुग्ने अनुमान गरिएको छ । यसबाट हरेक वर्ष ३ लाख १९ हजार जना महिलाहरुको मृत्यु हुने र सन् २०३० सम्ममा मृत्युदर ४ लाख सम्म पुग्ने अनुमान गरिएको छ। महिलाहरुमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको बताईएको छ।

त्यस्तै नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्थाहरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको छ । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ।महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मख्य कारण रहेको छ।

त्यसैले नेपाल सरकारले यही माघ २२ गते देखी एकैसाथ देशैभरि सञ्चालन गरेको अभियानमा प्रयोग हुने एच.पि. भी.खोप अभियानमा Cecolin (सिकोलिन) खोप उपलब्ध गराइने हुदा यो खोपले एच.पि.भी. प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्ने भएकोले लक्षित समुहका किशोरीहरुलाई नछुटने गरि खोप सञ्चालन गराउन  स्वास्थ्य शाखा प्रमुख जलन्धर यादव ले अनुरोध गरेको हो।HPV रोग योन सम्पर्क  गर्दा  हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0