अरमान कुमार उपाध्याय  माघ  २३ गते                                                                      रौतहट — बौधिमाई  नगरपालिका को  विभिन्न सामुदायिक बिधालय मा  आजदेखि एचपीभी (क्यान्सर रोग ) खोप अभियान सुरु भएको छ। स्वास्थ्य शाखा प्रमुख  ताकेशवर पटेल र स्वास्थ्य शाखा सह संयोजक राकेश यादव का  अनुसार खोप कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।

देशभर माघ २२ गतेबाट विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सुरु गरिसकेको छ। तर, सरस्वती पूजाका कारण बौधिमाई  नगरपालिकासहित रौतहट जिल्लाका १८ वटै पालिकामा यो अभियान माघ २३ गते अर्थात् आजदेखि सञ्चालन हुन लागेको हो।

बौधिमाई  नगरपालिकाभर १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाइने योजना रहेको  छ। स्वास्थ्य शाखा पटेल का अनुसार, “कोही पनि किशोरी खोपबाट वञ्चित हुन नहुने भएकाले सबै अभिभावक, विद्यालय तथा समुदायलाई पूर्ण सहयोग गर्न अनुरोध गरिन्छ।”

 

सरकारले ९० प्रतिशत किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार, नेपालमा औसत रूपमा प्रत्येक दिन ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्। यस रोगको जोखिम कम गर्न खोप महत्वपूर्ण हुने भएकाले अभियान सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको डाक्टरहरू बताउँछन्।

 

बौधिमाई नगरपालिका मा  आज देखि  एचपीभी खोप अभियानको औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरिएको छ। सामाजिक सञ्जालमार्फत समेत स्वास्थ्य प्रमुख ताकेशवर पटेल र राकेश यादव  ले खोपको महत्त्वबारे जानकारी गराउँदै अभियानलाई सफल बनाउन अपिल गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0