रौतहट २२  गते  जेठ                                            आजको पत्रकार सम्मेलन मा    पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  आफू माथी लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै उक्त कदम प्रतिशोधपूर्ण भएको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्ट पारे।

बिहीबार गृह जिल्ला रौतहट क्षेत्र नं-१ मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोप लगाए।

आफूले ‘नबिराउनु, नडराउनु’ को मान्यतालाई आत्मसात् गरेको बताउँदै अध्यक्ष नेपालले कुनै पनि अनुचित काम नगरेको र त्यस्ता कार्यलाई प्रोत्साहन समेत नगरेको जिकिर गरे।

‘मैले कुनै पनि अनुचित काम गरेको छैन र मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ,’ उनले भने, ‘न्यायभन्दा ठूलो कुरो केही हुँदैन, सत्यभन्दा ठूलो कुरो केही हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0