सत्येन्द्र प्रताप सिंह
जेठ २३ रौतहट
मनसुनपूर्व तयारीका क्रममा जिल्लामा बिहीबार “मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास, कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला विपद् व्यवस्थापन समिति रौतहटको समन्वयमा गौर नगरपालिका ४ स्थित बरहवा तालमा आयोजना गरिएको उक्त अभ्यासमा सुरक्षा निकायसहित विभिन्न सरोकारवालाको सक्रिय सहभागिता देखिएको थियो।
कार्यक्रममा नेपाली सेना श्री नारायण दल गणका प्रमुख, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गीरी,प्रजिअ बिनोद खडका सहायकप्रजिअ किरण निधि तिवारी , सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वाका प्रहरी उपरीक्षक सन्तोष बस्नेत , गौर ट्राफिकका प्रमुख दिपेन्द्र कुमार झा, राष्ट्रिय अनुसन्धान कार्यालय गौरका प्रमुख अनुसन्धान अधिकृत मायाशंकार सिंह , रेडक्रस सोसाइटी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी, रौतहट डेभलपमेन्ट सेन्टर आर डि सी, माण्डवी संस्था लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सुरक्षा तथा उद्धार क्षमताको परीक्षण र तालमेल अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सो अभ्यासमा आगलागी नियन्त्रण, इम्प्रोभाइज्ड उपकरणको प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटरबोट तथा पुलमार्गबाट उद्धार प्रदर्शन जस्ता विविध अभ्यासहरू संञ्चालन गरिएको थियो। साथै CSSR (Collapsed Structure Search and Rescue) तथा Fire Fighting सम्बन्धी सामग्रीहरूको पनि प्रदर्शनी गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, जिल्ला समन्वय समिति सभापति राम अयोध्या राय यादव, गौर, राजदेवी तथा दुर्गाभगवती गाउँपालिकाका प्रमुखहरू, नेपाली सेनाका गणपति सेनानी लेखनाथ कटुवाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरी, तथा सशस्त्र प्रहरी गणपति स.प्र.उ. सन्तोष कुमार बस्नेतको पनि उपस्थिति रहेको थियो।
उक्त अभ्यासमा २०० देखि २५० जनासम्मको उपस्थिति रहेको थियो ।
मनसुनका समयमा आउने बाढी, डुबान, पहिरो लगायतका प्राकृतिक प्रकोपका जोखिमलाई न्यूनीकरण गर्न तथा आपत्कालीन अवस्थाका लागि तयारी अभिवृद्धि गर्न यस्ता अभ्यासहरू अत्यन्तै महत्वपूर्ण हुने विज्ञहरूको भनाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0