राजेश निर्माणी/  जेठ ३१ गते
असार ३१/रौतहट। वृन्दावन नगरपालिका का नगर प्रमुख विनोद प्रसाद कुर्मीले वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित धर्मशालामा खानेपानी धारा जडान, एक तल्ले भर्याङ,शौचालय निर्माण र बरण्डा रेलिङको शिलान्यास गरेका छन्।

चनावको बेला दलित समुदायको लागि छुट्टै विकास गर्ने गरेको प्रतिबद्ता अनुसार शनिबार एक कार्यक्रमका बिच नगर प्रमुख कुर्मीले सो कार्यहरुको शिलान्यास।

शिलान्यास पश्चात् नगर प्रमुख कुर्मीले वृन्दावनको चौतर्फी विकास गर्ने क्रममा आफू लागि परेको र हाल वृन्दावनमा विकासको लहर चलिरहेको र सोही क्रममा आज आफुले सिंगेै दलित समुदायकै प्रत्येक्ष दलित धर्मशालामा खानेपानी धारा जडान,एक तल्ले भर्याङ,शौचालय निर्माण र बरण्डा रेलिङको निर्माण पश्चात् अबको केही दिनमै सो दलित धर्मशालाको माथिल्लो तल्ला अर्थात दुई तल्ले भवनको निर्माण कार्य गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0