
सर्लाही
नेपाली कांग्रेसका मधेश प्रदेशका उप सभापती एवम पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेश सरकारको आ.व. ०८२/०८३ को बजेट नितान्त रूपमा बितरणमुखी, व्यक्तिवादी र बिचौलिया हावी बजेट भएको टिप्पणी गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत जनमत पार्टीको नेतृत्व सरकार सतीश कुमार सिंह व्यापक आलोचना गरेका हुन। सात भित्र नेपाली कांग्रेसका पार्टी एवम जनतमत पार्टी भित्र मधेश प्रदेशमा आर्थिक वर्षको बजेटको विषय लिएर आरोप प्रत्यारोप भइरहेको आम जनता को बुझाई छ। मधेश सरकारले प्रस्तुत गरेको बजेटले व्यवहारमा विभेद र सत्ताका योजना मात्र देखाएको छ।
बजेट वितरणमा पारदर्शिताको अभाव रहेको छ, जसले आम नागरिकमा असन्तुष्टि बढाएको छ।
नेतृत्वको अक्षमताले जनतामा निराशा र आक्रोश बढाउँदैछ, सुधारको आवश्यकता छ।
मधेश सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटले जनताको अपेक्षा भन्दा बढी निराशा दिएको छ। बजेटको दस्तावेज हेर्दा कागजमा धेरै राम्रो कुरा देखिन्छ, तर व्यवहारमा फेरि पनि लुट, विभेद र सत्ताका आसेपासेलाई पोस्ने योजना मात्र देखिएको छ ।
यसपटकको बजेटले खासगरी केही वडामा अचम्मको बजेट खपत देखाएको छ। कतिपय वडामा एकै वर्षमा ३० देखि ४० करोड रुपैयाँसम्मको बजेट खर्चिएको विवरण आएको छ, तर केही वडामा शून्य जस्तै बजेट परेको देखिन्छ। यो बजेट वितरणको असमानता र पहुँचको राजनीतिलाई स्पष्ट देखाउने प्रमाण हो। मन्त्री सिंहले केही दिन अगाडि मात्रै मुख्य मन्त्री सिंह र स्वास्थ्य मन्त्रीलाई पूर्व स्वास्थ्य मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले आफू स्वास्थ्य मन्त्री भएको बेला मधेश प्रदेशका अधिकांश जिल्लाको पालिकामा आफू १७ महीने मन्त्री भएको बेला
आ.व. ०८०/ ०८१ मा भएको निर्णय ५० बेड र १०० बेडको अस्पतालहरुको सञ्चालन गर्ने निर्णय कार्यब्यनमा मधेश प्रदेश सरकार गैर जिम्मेवारी तथा स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा लापरबाही गरिरहेको समयमा सचेत हुन ध्यानाकर्षण गराएका थिए।
सिंहको स्वकीय सचिव निकेश त्रिपाठीले बताए।






















