अरमान कुमार उपध्याय                                                         अषाढ १७ गते                                                       नगरपालिकाको नगर स्तरिय बजेट कार्यपालिका सहकार्यमा बौधिमाई नगरपालिकाका नगर प्रमुख श्री प्रदिप कुमार यादव र नगर उप प्रमुख जी को अध्यक्षतामा आज एक विशेष कार्यक्रमका बीच बौधिमाई वडा नं. १ देखि ७ सम्मका किसान भाइहरूलाई १६० /थान कृषि स्प्रे टंकी वितरण गरिएको छ।

कृषकहरूको आधुनिक कृषि प्रविधिमा पहुँच सुनिश्चित गर्न र कीटनाशक तथा मलजल छर्कनका लागि सहजता ल्याउने उद्देश्यले स्प्रे टंकी वितरण गरिएको हो। कार्यक्रमका दौरान नगर प्रमुख यादव ले किसानहरूलाई यन्त्र वितरण गर्दै कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्न आग्रह गरे।

“कृषकहरूको उत्पादनशक्ति बढाउन प्रविधिको पहुँच अनिवार्य छ। बौधिमाई नगरपालिका सदैव किसानहरूको पक्षमा छ र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जानेछ।”

कार्यक्रममा पालिकाका भित्र का अन्य जनप्रतिनिधि, प्रतिनिधि, कर्मचारी तथा किसानहरूको उत्साहजनक उपस्थिति रहेको थियो। वितरण गरिएको कृषि उपकरणले कृषकहरूलाई उत्पादनमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ। बौधिमाई नपा का किसान हरु ले हर्सोहुलास को साथमा नगरपालिका सम्पुर्न जनप्रतिनिधिहरु लाई अभार व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0