रौतहट असार १८गते

देवाही गोनाही नगरपालिकाको सभा हलमा तीनदिने तालिम कार्यक्रम सम्पन्न भएको छ। विद्यालय सुपरिवेक्षक तथा शिक्षाको पेशागत सहयोगमा आयोजित उक्त कार्यक्रमले शिक्षकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तालिम कार्यक्रम असार १६गतेदेखि १८गतेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमको उद्देश्य विद्यालयस्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूलाई आवश्यक दक्षता र शिक्षण शैलीमा सुधार ल्याउनु रहेको आयोजकले जनाएका छन्।

कार्यक्रमको उद्घाटन विद्यालय सुपरिवेक्षकले गरेका थिए। उनले वर्तमान शिक्षाको चुनौती, बालमैत्री शिक्षण प्रविधि, तथा विद्यार्थी केन्द्रित शिक्षण विधिबारे प्रशिक्षण दिए। साथै, तालिममा पाठ योजनाको तयारी, कक्षा व्यवस्थापन, सिकाइ मूल्यांकन, र समावेशी शिक्षाका विभिन्न पक्षहरूमा व्यावहारिक अभ्याससमेत गराइएको थियो।

तालिममा सहभागी शिक्षकहरूले यस्तो किसिमको तालिमले आफूहरूलाई पेशागत रूपमा अझ सक्षम बनाएको अनुभव सुनाए। उनीहरूले यस्ता तालिम कार्यक्रमहरू निरन्तर भइरहने हो भने विद्यालय शिक्षामा सुधार आउने कुरामा विश्वास व्यक्त गरे।

तालिम समापनका अवसरमा देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा सहभागि शिक्षकहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

नगरपालिकाले आगामी दिनमा समेत यस्ता तालिम कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता शिक्षक संयोजक चम्न्द्रवंशी झा व्यक्त गरेको थियो ा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0