अरमान कुमार उपाध्याय                                                २१ गते                                                                    प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमी जी को प्रमुख अतिथि मा  सम्मान कार्यक्रम सम्पन्न।

गौर, रौतहट — प्रादेशिक अस्पताल गौरले आ.व. २०८२/८३ को न्युनतम सेवा मापदण्ड मूल्यांकनमा मधेश प्रदेशभरिमा प्रथम स्थान हासिल गरेको उपलक्ष्यमा आज गौरमा एक विशेष सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा अस्पताललाई यो सफलता दिलाउन महत्वपूर्ण योगदान पुर्‍याउने चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी तथा पदाधिकारीहरूलाई सम्मान गरियो। कार्यक्रमको आयोजना अस्पताल प्रशासनद्वारा गरिएको हो, जसमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अस्पतालका प्रमुख चिकित्सक डा. कृष्ण मुरारी ले कार्यक्रममा बोल्दै भने, “यो सफलता सम्पूर्ण टिम वर्कको परिणाम हो। हामी आगामी दिनमा अझ गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौं।”

यस अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्थानीय सरकारका प्रतिनिधिहरूले पनि अस्पतालको सेवा सुधार र जनतामुखी स्वास्थ्य व्यवस्थापनको प्रशंसा गरेका थिए।

समारोहमा सहभागि सबैलाई धन्यवाद दिँदै अस्पताल प्रशासनले आगामी वर्षहरूमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0