असार ३१ गते

पछिल्लो समय आफ्नो जन्म दिनलाई धेरैले भड्किलो  तवरले मनाउने गरेका छन् ।धेरै रकम खर्च गरेर पार्टी प्यालेसमा जन्म दिन मनाउने चलन बढ्दो छ ।तर केहीले भने जन्म दिनलाई बृद्धाश्रम र विद्यालयमा मनाउने गरेका छन् । बारा निवासी जीतपुर सिमरा उप महा नगरपालिका नितनपुर घर भएका नेपालकै चर्चित कलाकार प्रीति पासवान आफनो जन्म दिनको शुभ अवसरमा गृह जिल्ला बाराको सदरमुकाम कलैया स्थित

अमृता अनाथ आश्रममा आफ्नो सम्पूर्ण परिवार सहित २४ औं जन्म दिन भब्याताका साथ आश्रम कै सदस्य सँगै आफनो जन्म दिन मनाएका हुन्।  १३ हजार रुपैयाँसहित खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेकी छिन् । मंगलवार जन्मदिनको अवसरमा आयोजित विशेष कार्यक्रममा उनले चामल २ बोरा,मिठाई, पेन,कापी,सिसाकलम,ईरेजर,कटरलगायतका सामाग्रीहरू हस्तान्तरण गरिन्। साथै आश्रमका बालबालिकाका लागि एक दिनको बिहानको खाजा र भोजनको समेत व्यवस्था गरिएको उनले जानकारी दिइन्। शैक्षिक सामग्री तथा खाद्यान्न अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेतलाई हस्तान्तरण गरिएको थियो।  प्रीति पासवानको दिदी पिंकी पासवानले बताए।कलाकार पासवानले सामाजिक सेवामा सधैं सक्रिय रहने बताउँदै आगामी दिनमा समेत आश्रमप्रति निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

साथै अनाथ आश्रममा बालबालिका सँगै नृत्य गरेका थिइन् । पासवानले भने जन्म दिनमा हुने फजुल खर्चलाई आफुले सानो भएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले अब देखि जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको पासवानले बताए । मुख्य त जन्म दिनमा फजुल खर्चलाई सहि ठाउँमा व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता आफुमा रहेको प्रीति पासवानले बताए । प्रीति पासवान पहिला नेकपा एमाले आवद्ध जन सांस्कृतिक मोर्चाका केन्द्रिय सदस्य हाल प्रभु साह नेतृत्व आम जनता पार्टी (आजपा) का आम सांस्कृतिक मोर्चाका महा-सचिव समेत हुन्। उक्त कार्यक्रममा प्रिति पासवानकी आमा सुगान्धी देवी पासवान,पिन्की पासवान,पासवानको टिम तथा आश्रमका बालबालिका सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0