चन्दन कूमार महतो। रौतहट ।                                        सावन ४ गते

महिला तथा बालिकाविरुद्ध हुने हिंसाका घटनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न निर्देशिका निर्माण प्रक्रिया अघि बढाउन उद्देश्य राखिएको प्रारम्भिक परामर्श कार्यक्रम आज राजदेवी नगरपालिकामा सम्पन्न भयो।

उक्त कार्यक्रम PANAV, FWLD र अभियान नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा, तथा राजदेवी नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रम नगरप्रमुख भिखारी प्रसाद यादवको अध्यक्षतामा तथा विभिन्न सरोकारवाला निकायहरू, राजदेवी नगरपालिकाको कर्मचारी र स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, तथा पीडित सहायता संलग्न निकायहरूबीच विस्तृत छलफल र सुझाव आदानप्रदान गरियो।

कार्यक्रमको उद्देश्य महिला तथा बालिका विरुद्ध हुने हिंसाका घटनाहरूको पहिचान, संरक्षण, न्यायिक प्रक्रिया र पुनःस्थापनामा एकीकृत दृष्टिकोण अपनाउँदै स्थानीयस्तरमै कार्यान्वयनयोग्य निर्देशिका तयार गर्नु रहेको छ।

नगरप्रमुख यादवले स्थानीय सरकार महिला र बालिका हिंसा विरुद्ध शून्य सहनशीलताको नीति लिई अघि बढिरहेको बताउँदै, यस्ता निर्देशिकाले नगरलाई संवेदनशील र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0