रणधिर साह // साउन ५ गते  रौतहट

देशकै सबभन्दा ठूलो टायल कम्पनीकाे रूपमा रहेको रौतहटको प्राइम सेरामिक्स प्रालिले आजदेखि आफ्ना नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

रौतहटको वृन्दावन नगरपालिका -६ हर्षाहामा रहेको प्राइम सेरामिक्स प्रालि उद्योगले जिल्लाको गरुडा नगरपालिका -४ गरुडा स्थित गुप्ता हार्डवेयरमा टायलको शोरुम सञ्चालन गरेको छ।

सो कम्पनीले आज एक कार्यक्रमको आयोजना गरी गुप्ता हार्डवेयर गरुडामा नयाँ शोरुमको उद्घाटन गरेको हो ।

प्राइम सेरामिक्स प्रालिका अध्यक्ष आशिष गर्गले उक्त शोरुमको उद्घाटन गरेका हुन् ।

आम नागरिक एवं उद्योगी व्यवसायीहरुलाई अझै नजिकबाट सरल र सहज ढंगले प्राइम टायल उपलब्ध गराउने उद्देश्यले उक्त शोरुम सञ्चालनमा ल्याएको प्राइम सेरामिक्स प्रालिका अध्यक्ष आशिष गर्गले बताएका छन्।

सञ्चालनमा आएको शोरुमबाट नै उपभोक्ताहरुले अब छानीछानी आफूलाई मन परेको डिजाइनको आधुनिक प्रविधिमा आधारित भित्ता र भुइँ टायलहरु खरिद गर्न सक्ने उनले बताए।

उक्त शोरुममा नेपालको नम्बर १ र सबभन्दा बढी बिक्री हुने ६ सय डिजाइनको प्राइम टायलस मार्वल बिक्रीका लागि राखिएको उनले बताए ।

उपभोक्ताले अवलोकन गर्न मिल्ने र अवलोकन गरेर आफूलाई मन परेको डिजाइनको टायल खरिद गर्न सकिने उनको भनाइ छ।

सो उद्योगले प्राइम–टाइल्स विथ स्टाइल भन्ने नाराका साथ अत्याधुनिक डिजाइनको गुणस्तरिय टायल उत्पादन गर्दै आएको छ।

प्राइम सेरामिक्स प्रालिले उत्पादन गर्ने प्राइम टायल देशमा सबभन्दा बढी बिक्री हुने टायल हो । कम्पनीले देशभर १ सय २० डिलर मार्फत टायल बिक्री वितरण गर्दै आएको छ।

घरको भुईँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने रौतहटको प्राइम सेरामिक्स प्रालि उद्योग नेपालको पहिलो र सबैभन्दा ठुलो टायल कम्पनी हो ।

नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुनः परिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्स प्राली तीन वर्ष अघि रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा तीन अर्ब भन्दा बढी रुपैयाँको लागतमा १० बिघा क्षेत्रफलमा स्थापना भएको थियो ।

अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्र मार्फत यो उद्योगले भित्ता र भुइँको टायल उत्पादन गर्दै आएको छ।

अर्बौको लगानीमा स्थापना भएको सो उद्योगको दैनिक डेढ लाख वर्ग फिट र वार्षिक २ करोड स्क्वायर वर्ग फिट टायल उत्पादन गर्ने क्षमता रहेको छ।

यो कम्पनीेले नेपालको २० प्रतिशत टायल उत्पादन गर्दै आएको छ। भारतमा उत्पादन हुने टायल भन्दा यो कम्पनीले ३० देखि ४० प्रतिशत सस्तो मूल्यमा टायल बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ।

कम्पनीले विभिन्न ६ सय आकर्षक डिजाइनको प्राइम टायल उत्पादन गर्दै आएको छ। उद्योगले ५ सय भन्दा बढी व्यक्तिलाई रोजगारी दिएको छ।

भारत भन्दा यहाँ उत्पादित टायल निकै सस्तो पर्ने गरेको कारण देशको विभिन्न ठाउँमा यो कम्पनिको टायल बिक्री हुँदै आएको छ।

विश्वमा सेरामिक्स प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी (सेकमि) को सम्पूर्ण मेसिन प्रयोग गरेको उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तर्राष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ।

हाल वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल नेपालमा आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्यधिक महंगो र पहुँचभन्दा बाहिर रहेको परिप्रेक्षमा उद्योगले देशको कुल खपतको लगभग एक चौथाइ माग पूरा गरिरहेको बताइएको छ।

स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरुले आफ्नो चाहनाअनुसारको डिजाइन समेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले आम नेपालीको सुन्दर घरको सपनालाई कुनै न कुनै तरिकाले यस उद्योगले पूरा गर्ने विश्वास लिएको छ ।

कम्पनीले एकै छानामुनी घरायसी, व्यापारिक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल आदिमा प्रयोगको लागि ६ सय भन्दा बढी डिजाइनको भित्ता र भुईँमा लाग्ने टाइल्स उत्पादन गरिरहेको छ।

शोरुम उद्घाटन कार्यक्रममा गुप्ता हार्डवेयरका संचालक एवं उद्योगका मानव स्रोत तथा प्रशासन प्रमुख मिथिलेश कुमार झा, क्षेत्रीय बिक्री प्रमुख विकास सिन्हा सहित निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानिय, उपभोक्ता, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0