अरमान कुमार उपाध्याय

पचरौता :         १४ गते                                                                नूर आलम बादशाह/ बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको काम शुरू भएको छ। यसले गर्दा पचरौता नगरबासीमा खुशियाली छाएको छ। वर्षा नभएको कारण हाहाकार भईरहेको छ।
यही अवस्थामा पचरौता नगर सरकारले उक्त बाँध निर्माण गर्ने काम शुरू गरेको हो। सिचाईं सञ्चालन भएपछि धान गहुँ मसुरी र तरकारी खेती बढने एक किसानले बताए। यसले किसानको आम्दानी बढ्ने उनले विश्वास गरे। बाँध निर्माण कार्य सुरु भएपछि दक्षिणी भेगका किसान खुसी भएका हुन्।
आदर्श कोतवाल गाउँपालिका अन्तर्गतपर्ने जमुनी नदीमा बाँध निर्माण भएपछि पचरौताका करिब २५ गाउँमा सिंचाई सुविधा पुग्ने छ। नगर प्रमुख जलन्धर सिंहले बाँध निर्माणका लागि पहल गरेका हुन् ।बाँध निर्माण कार्य तादरुकताका साथ गर्न नगरप्रमुख आफैँ निर्माण स्थलमा पुगेका हुन्। तीन चार दिनभित्रमा सम्पन्न गर्नेगरी काम भइरहेको नगरप्रमुख सिंहले बताए।
बाँध निर्माणबाट पचरौताका ३,४,५,६,७ र ८ नम्बर वडाका किसान लाभान्वित हुनेछन्। यसले १५ सय भन्दा बढी किसान सँगै आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ़ नगरपालिकाका केही किसानहरु पनि सिंचाई गरेर लाभान्वित हुनेछन्।
जमुनी नदीमा चुरे जङगलबाट आउने पानी खेतमा गएपछि थोरै रसायनिक मल प्रयोग गर्दा पनि राम्रो उत्पादन हुनेछ। दक्षिणी भेगका किसानका लागि जमुनी बाँध निर्माणले निकै उपलब्धी हुने स्थानीय कृषक कमरुद्दीन अंसारीले खुसी व्यक्त गरे। बाँध निर्माण कार्य स्थलमा नगर प्रमुख सँगै उप नगर प्रमुख नसीमा खातुन, प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशीको विशेष उपस्थिति थियो।
उक्त कार्यक्रममा पालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव, विनय सिंह, गगनदेव प्रसाद यादव, वडा सदस्यहरु, समाजसेवी नेवाजी मियाँ अंसारी, प्रभु ठाकुर, भैया राम सहनी लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0