अरमान कुमार उपाध्याय                                              साउन २६ गते

रौतहट — ईशनाथ नगरपालिकाले जिल्लामा देखिएको पानी अभाव समाधानका लागि शुद्ध खानेपानी ट्यांकी जिल्ला प्रशासन कार्यालय रौतहटबाट प्राप्त गरेको छ।

नगर प्रमुख कौशल्या देबी जी को  पहल र हाकिम नन्दकिशोर जी विशेष पहलमा १०००/ ( एक हजार लिटर) को सुध खानेपानी टयांकी ३ थान ,साथै साथमा ३वटा stand   प्रशासन कार्यलय रौतहट ले ईशनाथ नगरपालिका का जान्ताहरुलाई सहयोग स्वरुप बितरण गरेका हो।                                                                          लामो समयदेखिको खडेरीका कारण किसानहरूको खेतीयोग्य जमिनमा पानीको तीव्र कमी भएको र जनजीवन प्रभावित बनेको अवस्थामा, यो ट्यांकीमार्फत कृत्रिम भण्डारण प्रणालीद्वारा खानेपानी आपूर्ति गरिने भएको हो। नगरपालिकाले यसलाई जनताको सेवामा समर्पित गर्दै गाउँ-गाउँमा आवश्यकताअनुसार खानेपानी वितरण गर्ने तयारी गरेको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले ट्यांकी उपलब्ध गराइनु खडेरी प्रभावित क्षेत्रमा राहतस्वरूप महत्त्वपूर्ण योगदान हुने बताउँदै जनताको पानीको आवश्यकता यथासक्य छिटो पुरा गर्ने प्रतिबद्धता जनाए।

पत्रकार गुजारा माइ मिडियाका संचारकर्मी अरमान कुमार उपाध्याय पत्रकार लाई जानकारी गराउँदै उक्त विवरण सार्वजनिक गरेका हुन्। हस्त धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0