
साउन २९ गते
मधेश प्रदेशमा नेपाली कांग्रेस मध्ये शेखर समुह र महा मन्त्री गगन थापाको श्रावण महिनामा दुई ओटा कार्यक्रम भए शेखर भन्दा गगन को पक्कड बलियो रहेको जानकारहरुको भनाई छ। महा मन्त्री गगन थापा मधेशमा जनताको माझमा लोक प्रिय बन्दै गएको छ। विभिन्न कार्यक्रम सरिक भएर जनता माझ लोकप्रिय झन् बढ्दै गएको छ।यही श्रावण १० गते मधेश प्रदेशको वर्दिवास शेखर कोइराला समूहले आयोजना गरेको प्रदेश स्तरीय छलफल कार्यक्रम मा लगभग १५० जना नेता तथा अगुवा कार्यकर्ताहरु सहभागी थिए भन्ने श्रावण २८ गते नेपाली काँग्रेस का पुर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. शुशील कोइरालाको ८६ औं जन्म जयन्तीको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाम नेपाली कांग्रेस लोक प्रिय नेता महांमन्त्री गगन थापा समुहले आयोजना गरेको ” मधेशमा नेपाली काँग्रेस ” अन्तरसम्वाद कार्यक्रममा ( बिभिन्न बाधा,अवरोध र रोकावट का बाबजुद ) लगभग ५०० जना नेता तथा अगुवा कार्यकर्ताहरूको सहभागिता थियो।
























