रन्धिर साह   भादौ ८  गते                                                   एसइइ परिक्षामा राम्रो अंक ल्याइ उतिर्ण गरेको खुसीमा वडा अध्यक्ष सन्जय पटेलले दुई छात्राछात्रलाई ल्याक्टप तथा ५५ विद्यार्थीलाई ब्याग हस्तान्तरण गरेका छन् । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ३ स्थित श्री सरस्वती माध्यमिक बिधालय गोनाहीमा अध्ययन रत ५७ बिद्यार्थीलाई वडा अध्यक्ष पटेलले एसइइ परिक्षामा राम्रो अंक ल्याइ उतिर्ण गरेको तथा वडाको नाम रोशन गरेको खुसीमा सबैलाइ सम्मान स्वरुप वडा अध्यक्ष पटेलले छात्र विकेश कुमार र छात्रा निक्की जैसवाललाई ल्याक्टप तथा ५५ विद्यार्थीलाई ब्याग हस्तान्तरण गरेका छन् ।

साथै वडा अध्यक्ष पटेलले छात्रा सिल्पाकुमारी पटेललाई कक्षा १२ सम्मको अध्ययन नि:शुल्क गराइने बताएका छन् । वडा अध्यक्ष पटेलले आज बिधालयमा आयोजना गरिएको वितरण कार्यक्रममा बिद्यार्थीलाई हौसला बढाउन तथा शिक्षा प्रती अझ बिद्यार्थीलाई कर्मट भइ अध्ययनमा प्रेरणा दिन यस्तो कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता समेत जनाएका छन् ।

यस्तै कार्यक्रम बोल्दै श्री सरस्वती माध्यमिक बिधालयका प्रधानाध्यापक उमेशकुमार यादवले वडा अध्यक्ष सन्जय पटेलले शिक्षा प्रती दिएको यो योगदानको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरेका छन् । साथै आज सम्मानित हुने सबै छात्रा छात्रहरुलाइ थप उच्च शिक्षा हासिल गर्न अनुरोध गर्दै उज्ज्वल भविष्यको आशीर्वाद दिएका छन् ।

कार्यक्रममा श्री सरस्वती माध्यमिक बिधालय गोनाहीका सह प्रधानाध्यापक गजेन्द्रप्रसाद यादव,
सोही बिधालयका सह प्रधानाध्यापक रामपुकार राउत, वडा सदस्य भागु साह, देवाही गोनाही -८ का वडा सदस्य राधेश्याम पटेल, समाजसेवि शुबाषप्रसाद पटेल, देवाही गोनाही नपाका जेन्सी शाखा प्रमुख प्रभु साह, बिधालयका शिक्षक शिक्षका तथा बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0