
असोज ११ गते
मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ ।कांग्रेस मधेस प्रदेश संसदीय दलका उप नेता वीरेन्द्र प्रसाद सिंहले आफूलाई मुख्य मन्त्री बन्नलाई पार्टीको तर्फबाट जन दबाब बढ्दै गएको र जेन्जी पुस्ताको मधेश प्रदेश एक नेता अनुसार। नेता सिंह मधेश प्रदेश सरकारमा दुई कार्यकाल महिला बालबालिका र स्वास्थ्य मन्त्री हुँदा आम जनताको नजरमा सुशासन सहित वहाको कार्यकालमा एउटा दाग समेत न रहेको आम जनताको बुझाईमा रहेको जेन्जी पुस्ताका युवाहरुले बताए । आम नागरिक र युवाको रोजाईमा मधेश प्रदेश सरकारमा मा . वीरेन्द्र प्रसाद सिंह नै हुनेछ नेपाली कांग्रेसमा चर्चाको विषय बनेको छ ।कांग्रेसले मुख्यमन्त्री सतिशकुमार सिंहको सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनका लागि कांग्रेससहित चार दलबिच सहमति भएको छ ।
कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न कांग्रेस, एमाले, जनमत र लोसपासहित चार दलबिच सहमति भएको छ ।
सहमति अनुसार आइतबार चारै दलका बहुमत सांसदहरूले हस्ताक्षरसहित सरकार निर्माणको लागि प्रदेश प्रमुख समक्ष पेस गर्ने तयारी गरेको बताइएको छ । तर पार्टीमा यस विषयमा छलफल न भएको नेपाली कांग्रेसका एक नेताले बताए।
जनमतले यही २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो ।
मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ। प्रदेश सभामा कांग्रेसको २२, एमालेको सभामुखसहित २४ जनमतको १३, लोसपाको ८ जना सांसद छन् ।
यस बाहेक मधेश प्रदेशमा माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, जसपा नेपालका १९ तथा संघीय समाजवादी, नाउपा र राप्रपाका एक एक सांसद छन् ।
























