
दिपेश शाह , असोज २८| मंगलवार
रौतहट ईशनाथ नगरपालिकाले आज एक ऐतिहासिक तथा न्यायपूर्ण कदमका रूपमा ४५९ जना कृषकहरूको कृषि प्रयोजनका लागि नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र गौरलाई रु. १० लाख ६८ हजार ७ सय अन्ठानब्बे (१०,६८७९८) रकम बराबरको चेक हस्तान्तरण गरेको छ।
कार्यक्रममा नगर प्रमुख श्रीमती कौशल्या देवी, प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ता, र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो।
नगर प्रमुख कौशल्या देवीले भनिन्,हामीले कृषकहरूको हितका लागि यो पहल गरेका हौं। विद्युत् महसुलको रकम नगरपालिकामार्फत भुक्तानी गर्दा कृषकहरूले राहत महसुस गर्नेछन् र खेतीपातीमा बाधा नपुगोस् भन्ने हाम्रो उद्देश्य हो।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले भने,
यो कार्य केवल रकम हस्तान्तरण मात्र होइन, कृषिमा आत्मनिर्भरता र प्रविधिक पहुँच विस्तारतर्फको न्यायपूर्ण निर्णय हो।
नेपाल विद्युत् प्राधिकरण गौर वितरण केन्द्रले नगरपालिकाको उक्त पहलको प्रशंसा गर्दै सेवा निरन्तरतामा यसले सहजता ल्याउने प्रतिक्रिया दिएको छ।
कृषकहरू पनि हर्षित बनेका छन्। उनीहरूले भने, “नगरपालिकाले हाम्रो पक्षमा वास्तविक न्याय गरेको छ। यसले हाम्रो खेतीपातीलाई नयाँ आशा दिएको छ।”ईशनाथ नगरपालिकाले कृषकका अधिकार र हितको संरक्षण गर्न कहिल्यै पछि हट्दैन। यो रकम हस्तान्तरण न्याय, पारदर्शिता र विकासको प्रतीक हो।
४५९ कृषकका लागि कृषि विद्युत् महसुल भुक्तानी
रकम: रु. १०,६८७९८ चेक नेपाल विद्युत् प्राधिकरण गौर वितरण केन्द्रलाई हस्तान्तरण कार्यक्रमका प्रमुख व्यक्ति: मेयर कौशल्या देवी र प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ता ले विशेष फोन संवादमा मेयरको अभिव्यक्त।
























