
अरमान कुमार उपाध्याय मंसिर ६ गते
रौतहट जिल्ला को बौधिमाई नगरपालिकामा निःशुल्क आँखा परीक्षण शल्यकृया शिविर सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ५ कोपवा को सामुदायिक भवनमा आयोजित एक दिने आँखा परीक्षण शिविरमा करिब ३४० /जनाले आफ्नो आँखाको स्वास्थ्य परीक्षण गराएका छन् । आजको शिविरको अध्यक्षता बौधिमाई नगरपालिका ५ को वडा अध्यक्ष लक्ष्मी नारायण यादव, प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादव जीले गर्नु भएको हो, भने कार्यक्रमको विशिष्ट आतिथ्य कार्यवाहक वडाअध्यक्ष बिर्गु साह र उ षा देबी ले गर्नुभएको थियो ।
उहाँले शिविरको उद्घाटन गर्दै आँखा स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा नगरवासीलाई सचेत गराउने उद्देश्यले यस्तो कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । शिविर बौधिमाई नगरपालिका स्वास्थ्य शाखा कोआयोजना र सहयोग मा नेपाल नेत्र ज्योती संघ गौर अँखा अस्पताल रौतहट को प्राविधिक सहकार्यमा सम्पन्न गरिएको थियो । शिविरमा आएका बिरामीमध्ये १४०/ जनामा मोतियाविन्दुको समस्या पाइएको स्वास्थ्य शाखा प्रमुख तारकेश्वर पटेल र सह संयोजक राकेश प्रसाद यादवले जानकारी दिनुभयो ।आजको शिविर मा सेवाग्राहीहरुलाई निशुल्कमा चसमा बितर्न गरेका छन् ।
उहाँका अनुसार, “शिविरमा आएका करिब ४१/: प्रतिशत बिरामीमा मोतियाविन्दु देखिनुले आँखा रोगको अवस्था भयावह देखिएको छ ।“ उहाँले मोतियाविन्दु रोगका प्रमुख कारणहरूका रूपमा बढ्दो उमेर, आँखाको स्वास्थ्यबारे न्यून जानकारी, उपचारको लागि आर्थिक अभाव, धुलो–धुवाँमा बित्ने जीवनशैली, तथा अस्पतालसम्मको पहुँचमा कमीलाई औंल्याउनुभयो ।
उहाँले थप्नुभयो, “ग्रामीण भेगमा आँखाको नियमित परीक्षण नगर्ने र स–साना समस्या पनि बेवास्ता गर्ने बानीले गर्दा मोतियाविन्दुका बिरामी बढ्दै गएका छन् ।“ गौर आँखा अस्पताल रौतहट का प्राविधिक टोलीका अनुसार, शिविरमा पत्ता लागेका मोतियाविन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया यही पुरेनवा अँखा अस्पतालमा गराइनेछ । यसबाट स्थानीय वासिन्दालाई उपचारका लागि जानु पर्ने मा गौर अँखा अस्पताल द्वारा फ्री मा बस को सुविधा प्राप्त भएकोे छन् ।
बौधिमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तारकेशवर पटेलले भन्नुभयो, “यस प्रकारका निःशुल्क स्वास्थ्य शिविरले गाउँघरका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्याउँछ । अबका दिनमा अन्य वडामा पनि यस्ता स्वास्थ्य सेवा विस्तार गर्ने योजना बनाइएको छ ।
“ शिविरमा स्थानीय समाजसेवी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी ,नगर प्रहरी र स्वयंसेवकहरूको समेत सक्रिय भरभद्रभलादमि ,बुधीजिबि लगायत स्थानियबासिहरुको सहभागिता रहेको थियो ।






















