
अरमान कुमार उपाध्याय मंसिर २० गते
धनुषा जनकपुर — नेपाली कम्युनिष्ट पार्टीले जनकपुरमा आयोजना गरेको मधेश प्रदेश स्तरीय ऐतिहासिक एकता सन्देश सभा कार्यक्रम महिन्द्र राय यादव जी को अध्यक्षतामा भव्यरूपमा सम्पन्न भएको छ। आजको को एकता संन्देश कार्यक्रम को प्रमुख अतिथि पुर्व मन्त्री पुश्प कमल दहाल प्रचन्ड रहेको थियो र विशिष्ट अतिथि :-माधव नेपाल,झलनाथ खनाल ,राजेन्द्र पाण्डे नेता जी रहेका हो। ।साथै साथमा रौतहट को नेताकार्यकर्ता मध्ये प्रदेश सभा सद्स्य ई. कनिश पटेल नगर प्रमुख प्रदिप यादव ,उपेन्द्र दास,मितेशनंदन मिश्रा ,ईन्दु मिश्रा , प्रमिला देबी,रमेष जयस्वाल,लक्ष्मी नारायण यादव ,शिवनाथ कुशवाहा लगायत विशाल उपस्थितिसहित सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न संरचनाबाट आएका नेता तथा कार्यकर्ताहरू ,भर भलादमी ,बुधिजिबी,पत्रकार,प्रहरी ,शिक्षक ,महिला, सहभागी भएका थिए।
कार्यक्रमको मुख्य मञ्चमा पार्टीका वरिष्ठ नेताहरू बसेका देखिन्थे भने उनीहरूले एकता, संगठन सुदृढीकरण र मधेशमा पार्टीको भूमिकाबारे आफ्नो विचार राखेका थिए। वक्ताहरूले सर्वहारा वर्ग र उत्पीडित समुदायहरूलाई एउटै मोर्चाबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै एकीकृत पार्टीको प्रसार–प्रचारलाई थप प्रभावकारी बनाउन आह्वान गरेका थिए।
सभामा सहभागीहरूले लाल झण्डा, पार्टीको नारा र परम्परागत पहिरनसहित उत्साहपूर्वक उपस्थिति जनाएका थिए।
कार्यक्रम शान्तिपूर्ण र अनुशासित वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। हस्त धन्यवाद






















