
अरमान कुमार उपाध्याय पौष ७ ग ते
रौतहटको परोहा नगरपालिकामा नगर प्रमुख शेख वकिल जीले नगर प्रहरीका सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको छ। नगरपालिकाको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख शेख वकिल जीले नगर प्रहरीको सेवा, अनुशासन र जिम्मेवारीप्रति कदर गर्दै प्रमाणपत्र प्रदान गर्नुभएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख शेख वकिल जीले नगरको शान्ति–सुरक्षा, सरसफाइ तथा व्यवस्थापनमा नगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नगर प्रहरीलाई अझ जिम्मेवार, अनुशासित र जनमुखी सेवामा समर्पित भएर काम गर्न आग्रह गर्नुभयो।
प्रमाणपत्र प्राप्त गरेपछि नगर प्रहरीका सदस्यहरूले नगरपालिकाको विकास, सुशासन र सुरक्षा व्यवस्थामा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महफुज अहमद ,स्वास्थ्य शाखा प्रमुख जलन्धर यादव लगायत जनप्रतिनिधि, ,बुधिजिबी,भरभलादमी,स्वास्थ्य कर्मी,कर्मचारी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।






















