अरमान कुमार उपाध्याय                       पौष १५ गते
रौतहटको , बौधिमाई नगरपालिकामा  पछिल्ला केहि दिन देखि  अत्यधिक चिसो बढेसँगै सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेको छ। चिसोका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा परेकाले स्वास्थ्यप्रति सचेत रहन बौधिमाई नगरपालिकाको नगर प्रमुख प्रदिप कुमार यादवले सम्पुर्न नगरबासिमा जनचेतनामूलक सन्देश जारी गरेका छन्।
स्वास्थ्य कार्यालयले अत्यावश्यक काम बाहेक बिहान र रातिको समयमा बाहिर ननिस्कन, न्यानो कपडा लगाउन, आगो ताप्दा सावधानी अपनाउन तथा तातो खाना र झोलिलो पदार्थ सेवन गर्न आग्रह गरेको छ। साथै चिसोका कारण रुघाखोकी, ज्वरो, दम तथा निमोनियाजस्ता समस्या देखिन सक्ने भएकाले कुनै पनि स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।
स्थानीय प्रशासनले सडकमा बसोबास गर्ने तथा विपन्न वर्गलाई लक्षित गर्दै न्यानो कपडा वितरण, आगो ताप्ने व्यवस्थालगायत राहतका कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ। चिसो बढ्दै जाने सम्भावना रहेकाले सबैले सतर्कता अपनाई स्वास्थ्य सुरक्षामा ध्यान दिनु आवश्यक रहेकोले सम्पुर्न कार्यपालिका स्द्स्यहरूको भनाइ रहेका छन ।हस्त धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0