
अरमान कुमार उपाध्याय पौष १९ गते
रौतहट । श्री बसन्तपटि साना किसान कृषि सहकारी संस्था लिमिटेड, परोहा नगरपालिका–५ बसन्तपती रौतहटको आयोजनामा मिति २०८२ साल पौष १९ गते शनिबार एक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
श्री ब्रमज्योती विद्यालय, लौकाहा मा आयोजित उक्त कार्यक्रम श्री मती अनुराग देबी जीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मो . ईरफान र विशिष्ट अतिथिका रूपमा आन्द प्रसाद,जयगोबिन्द,उदय नारायण ,भुला देबी,लक्ष्मी देबी,द्रोपती देबी,तेबुल खातुन,गायत्री देबी,को उपस्थिति रहेको थियो।यो सरकारी संस्था को प्रबन्धक श्री जुडिपाल जी को रोहवरमा
कार्यक्रममा सहकारी संस्थाको गतिविधि, किसानको आर्थिक सशक्तिकरण तथा कृषि क्षेत्रको विकासका विषयमा चर्चा गरिएको थियो। वक्ताहरूले सहकारीमार्फत किसानको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिएका थिए। सरकारी संस्थामा पुराना सदस्यको सम्मानजनक बिदाई, नयाँ सदस्यको स्वागत
सरकारी संस्थाका प्रबन्धक जोडीपाल राउतले संस्थामा लामो समयदेखि योगदान दिँदै आएका पुराना सदस्यलाई सम्मानपूर्वक बिदाई गर्दै नयाँ सदस्यलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएका छन्। आयोजित कार्यक्रममा संस्थाको विकास र सुदृढीकरणमा पुराना सदस्यहरूको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रबन्धकले संस्थाको वर्तमान अवस्था र भविष्यका योजनाबारे जानकारी गराउनुभयो। उहाँले संस्थाको लगानी प्रणाली, ब्याजदरको व्यवस्थापन तथा सदस्यहरूको हितका लागि लागू गरिएको बिमा योजनाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो। यी कार्यक्रमहरूले संस्थालाई आर्थिक रूपमा मजबुत बनाउँदै सदस्यहरूको विश्वास थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो।
नयाँ सदस्यहरूको सहभागिताले संस्थामा नयाँ ऊर्जा र उत्साह थपिने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागीहरूले संस्थाको निरन्तर प्रगति र पारदर्शी व्यवस्थापनप्रति प्रतिबद्धता जनाउँदै कार्यक्रम सफल भएको बताएका छन्।
स्थानिय बासिन्दा, सहकारी सदस्य,प्रहरी विभिन्न पार्टीको को कार्यकर्ता ,बुधिजिबी,भरभलादमी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिताबीच कार्यक्रम सभ्य र शान्त वातावरणमा सफलतापूर्वक सम्पन्न भएको उदघोषक तथा यो संस्थाको सल्लाहाकार अवधनारायण रामले जनाएको छ।
























