अरमान कुमार उपाध्याय                                                       चैत १६ गते सोमबार
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–८, प्रेमपुर गोनाही बजार मा आज श्री विष्णु महायज्ञ २०८२ को भव्य उद्घाटन सम्पन्न भएको छ।
उक्त कार्यक्रम नगर प्रमुख प्रेमलाल साह को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री Kanis Patel को विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। महायज्ञको शुभारम्भसँगै धार्मिक तथा सांस्कृतिक वातावरण अझ सशक्त बनेको आयोजकले बताएका छन्।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मन्त्री पटेलले यस्ता धार्मिक कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गरे। अध्यक्षता गरिरहेका नगर प्रमुख साहले महायज्ञ सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे। श्री विष्णु महायज्ञमा यस वर्ष विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूमा बेवास्ता गरिएको भन्दै स्थानीयवासीहरूले खुशी जनाएका छन्।
स्थानीयका अनुसार महायज्ञ स्थलमा परम्परागत रूपमा रहने झुलुवा लगायतका बालबालिका तथा सर्वसाधारणका लागि आवश्यक मनोरञ्जनका साधनहरू पर्याप्त रूपमा व्यवस्थापन गरिएको छन । विशेषगरी भारतको अयोध्या धामबाट आउने चर्चित रामलिला प्रदर्शनको व्यवस्था गरेका मा धेरै स्थानीय ले खुशी व्यक्त गरेका छन्।
रामलिलाले धार्मिक तथा सांस्कृतिक वातावरणलाई अझ आकर्षक बनाउने गरेको भए पनि यसपटक त्यस्तो कार्यक्रम समावेश गरिनुले महायज्ञको रौनक सबौ भन्दा राम्रो भएको स्थानीयको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0