1. दिपेश कुमार शाह लेखक 

      स्वार्थी संसार बाट लुटिएको म मान्छे !!

नमागेस है म संग केहि सक्ने छैन दिन ,
स्वार्थी संसार बाट लुटिएको म मान्छे !!

नसोच्नु है मलाइ सामु पाउनेछु भनि ,
आफ्नै जिन्दगी बाट छुटिएको म मान्छे !!

प्यासको प्याला नथाप्नु है मलाइ हेरी हेरी,
खडेरीको डढेलोले सुकियेको म मान्छे !!

सर लुकाउने छानो पनि हुन सकिन,
बैसक को असिनाले चूटिएको म मान्छे !!

मेरो बाटो हेरी हेरी नरसाऊनु है आँखा,
आँसु भरि बिच सागरमा छुटिएको म मान्छे !!

सितलताको न्यानोपन को नगरेस है आसा,
बर्सौ देखी तातो रापमा भुटिएको म मान्छे !!

न त भए दर्पणछाँया आफै भित्र हेर्न लाइ ,
झर्याम झुरुम सिसा जस्तै टुटिएको म मान्छे !!

न भन्नु है निर्दयी र निष्ठुरी को जात ,
आफै बाट मुटु अन्तै छुटिएको म मान्छे !!

बनाउन ट खोजेकै हो सपनाको महल,
आज आफ्नै कभर खन्न जुटिएको म मान्छे !!
कठैबरि कर्म ,भाग्य फुटिएको म मान्छे!!!!
कठै बरा म मान्छे!!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0