दिपेश कुमार शाह २६ रौतहट
राैतहट जिल्ला माैलापुर नगरपालिका वडा नम्बर- ४ पताैरामा २४ वर्षिया महिला र २ वर्षको वालिका मृत फेला परेका छन । कविता देवी र उहाँकै २ वर्षिया छोरी आरुही कुमारी घरकै पंखामा झुन्डिएको अवस्थामा फेला परेको हो। दाईजो नदिएको झोकमा सम्पूर्ण परिवारको मिलो मतोमा आमा छोरीलाई मारेर झुन्डाएको मृत्कका माईती पक्षको आरोप छ। उक्त घटना हत्या वा आत्महत्या हो एकिन गर्न गाह्रो भएको र थप अनुसन्धान भरहेको प्रहरी उपरीक्षक बुढामगरले बताए।

मृतक कविताका श्रीमान धिरेन्द्र साह र ससुरा नागेन्द्र साह परिवारसहित घटनापछि फरार रहेका छन्।माधव नारायण नगरपालिका-५ मिठुअवा माइतीघर भएकी कविताका बुवा विजय शंकर साहका अनुसार घटनाबारे आफूलाई स्थानीयले फोनमार्फत जानकारी गराएको र जानकारी पाउने बित्तिकै प्रहरीले खबर गरेको उनले बताए।

छोरी र ज्वाइबीच पटक-पटक विवाद भइरहेको र मिलेर बस्न दुबै जनालाई सम्झाई बुझाई गरेको उनले बताए। उनका अनुसार ज्वाइले कहिले नगद, पलङ्ग, सुनको औठी र सिक्री माग्दै आएका थिए। पटक पटक यहीँ निहुमा ज्वाइले छोरीलाई कुटपिट गर्ने गरेको बताए।उनले छोरीले आत्महत्या नगरेको र ज्वाई र सम्धीसहितका व्यक्ति मिलेर हत्या गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1