प्रहरीले नै आफ्नै कर्मचारीलाई १२ घण्टा सम्म चरम यातना दिए !!

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हेमन्त राईले यातना दिएको आरोप लगाईएको छ । प्रहरी जवान रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भिडियो समेत बाहिरिएको छ ।

ईन्सपेक्टर राईकै कमाण्डमा प्रहरी जवान अनु रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारले कमाण्डरलाई भन्न भनेपछि पीडित रायले ईन्सपेक्टर राईलाई गुनासो गर्न गएका थिए । सो क्रममा ईन्सपेक्टर राईले अनुलाई तथानाम, अभद्र गाली गलौज गरेपछि आक्रोसित भएका रायले समेत ईन्सपेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1