जङगलमा एउटा गाई चरिरहेको अबस्थामा केहि पर बाघलाइ देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो । बाघ पनि त्यस गाइलाइ खानको लागि सोही पोखरिमै पस्यो पोखरिमा पानी कम तर हिलो बढी भएकोले दुबै बिस्तारै भासिदै गए तर एक अर्का नजिक नजिक पुगे पनि हल्लन र बाघले गाइलाइ भेटाउने अबस्था थिएन ।सोहि समयमा बाघलाइ गाइले सोध्यो तिम्रो कोहि मालिक छन ? बाघले गज्रदै भन्यो म जङ्गलको राजा हुँ मलाइ किन चाहियो मालिक ? अनि गाइले भन्यो त्यो तिम्रो शक्तिको अहिलेको परिस्थितिमा के काम ? त्यस पछि बाघले गाइलाइ भन्यो तिमी पनि त दलदल हिलोमा फसिरहेका छौ । यो सुनेर गाइले मुस्कुराउदै भन्यो मेरो मालिक जब साँझपख घरमा आउँछ मलाइ नदेखे पछि मालिक अबश्य मलाइ खोज्दै यहाँ लिन आउछ तर तिमिलाइ कस्ले लान्छ ? सांच्चिकै एकैछिनमा मालिक आएर गाइलाइ झिकेर घरतिर लैजान्छ,बाघ रातभरी पोखरिमा नै रहेको कारण बिहान मृत्यु हुन्छ । मान्छेले चाहेर पनि बाघलाइ निकाल्न सक्दैनथ्यो किनकी निकालेमा गाइ र मानिस दुबैलाइ खतरा थियो । त्यसैले म नै सर्बेसर्ब हुँ र मलाई कसैको सहयोग चाहिदैन भन्नुनै अहंकार र घमण्ड हो त्यसैले घमण्डिहरु सबैलाई चेतना भया बाघको जस्तो हालत हुन नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0