बृन्दावनमा अवैध रुपमा नदि उत्खनन गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
रौतहट दिपेश कुमार शाह
रौतहटको नदिमा अवैध उत्खनन हुँदै आएको हो । बृदाबन नगरपालिका अन्तर्गतका चाँदि नदि र बागमती नदिबाट अवैध रुपामा नदि उत्खनन हुदै आइरहेको हुनाले एउटा गाडी नियन्त्रणमा रहेको हो । अवैध नदि उत्खनन गर्ने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर राखेको छन ।

बागमती नदिबाट अवैध रुपमा बालुवा लोड गरेर बिश्रामपुर तर्फ आउँदै गरेको ना ४ त ७०६५ नम्बर ट्याक्टर प्रहरी चौकी बिश्रामपुरका सहायक प्रहरी निरीक्षक उपेन्द्र प्रसाद यादवको सक्रियतामा नियन्त्रणमा आएको हो ।

नदि उत्खनन गर्ने ट्याक्टर प्रहरी चौकी बिश्रामपुरले नियन्त्रणमा लिएपछि ट्याकटर छुटाउन राजनिति दवाव आउन थालेको छ । विभिन्न राजनीति दलका नेताहरुले ट्याक्टर छुटाउन दवाव कसिरहेको समाचार स्रोतले जनाएका छ्न । जती दवाव आएपनि पक्राउ परेका ट्याक्टरलाई कानुन अनुसार कारवाही हुने सहायक प्रहरी निरीक्षक यादवले बताए ।

हाल नदि जन्य पदार्थ निकासी बन्द रहेको भएपनि बृन्दावन नगरपालिका अन्तर्गतका नदिमा प्रत्येक दिन तस्कर समुहले चाँदी तथा बागमती नदिबाट वालुवा र गिट्टी तस्करी गर्दै आएको स्थानिय वासिन्दाले बताएका छन् ।

सो क्षेत्रमा पछिल्लो समय व्यापक रुपमा नदिजन्य बस्तुको अबैध ओसार पसार बढेको भएपनि सम्बन्धीत निकायले त्यस तर्फ ध्यान नदिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1