
चितवन सम्दाता ।गौर हत्या काण्डको प्रभु शाहबाट अनुसन्धान सुरु बागमती प्रदेश सचिव तथा नेता अजय निरालाले रौतहटको सदरमुकाम गौरमा गौर हत्या काण्डको दोषीलाई कारबाहीको माग गरेका छन् । कारबाहीको माग गर्दै निकालिएको र्याली र प्रदर्शन गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको र उक्त घटनाको अनुसन्धान गर्नु पर्ने बताएका हुन्।
गौर हत्या काण्ड जुन भयो । वास्तवमा हुनै नपर्ने अपराध हो । यसको सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन ।तर जो चोर उसकै ठूलो चोर भने झैँ तत्कालीन समय जसको नेतृत्व अर्थात् पूर्व माओवादी नेता एवं पूर्व मन्त्री तथा रौतहटको क्षेत्र नं. ३ का सांसद प्रभु साह नेतृत्वमा भएको घटना हो। आम जनताका पार्टीले जुन तरिकाले यसको विरुद्ध आवाज उठाएका छन् र जसपाको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको नाम मुछ्ने प्रयास गरेको छ त्यो गैर जिम्मेवार र राजनीति अपरिपक्वताको हो। हुँदै नभएको व्यक्तिको नाम जोडेर आफू लोकप्रिय हुन खोज्नु बाहेक केही होइन । जुन प्रभु साह गौर हत्या काण्ड हुँदा त्यसमा संलग्न थिए। आफू नेता बन्न र नेतृत्व लिन आपसी सद्भाव बिगारे, साम्प्रदायिकता फैलाए, दुई समूहलाई उचालेर घटना गराए उहाँलाई कारबाही किन नहुने सरकारलाई सोध्न चाहन्छु।”
२०६३/१२/०७ गते गौर काण्ड घटनाका साथ काशिराम तिवारी, उपेन्द्र दास वैरागी तथा सुनिल यादव (शिक्षक) हत्या काण्डको पनि जाँचको खाँचो रहेको बताउदै उनीहरूको परिवार पनि न्यायको पर्खाइमा रहेको तर्क गरे।
उपेन्द्र दास वैरागीको हत्या गरेको आरोपितलाई पार्टी प्रवेश गराएर छानबिन गर्न सघाउनुको सट्टा आफू बच्ने उद्देश्यले विभिन्न विषयमा कार्यकर्ता उचालेर पूर्व मन्त्री प्रभु साहले गरिरहेको प्रचार बाजि र गैर राजनीति गतिविधिको भएको भन्दै घोर भर्त्सना समेत गरेका छन्।

























