डिके साह रौतहट

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्। आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभू साह ज्यूको प्रतिनिधी एवम फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव निर्विजले सम्वोधनको कर्ममा भने , रौतहट जिल्ला किसान आन्दोलन संग जोडिएको जिल्ला हो यो धर्तीबाट कतीपय नेताहरु जन्म भएको जिल्ला हुन् । तपाईहरुको थाह छ ? किसान आन्दोलनबाट शेखफर्मान र हरदयाल महतोको नमन गर्ण चहान्छु, किन भने रौतहट जिल्ला जुन हुन् की समानित त्यो आफ्नो सिर माथि गरेका हुन। जुन आज श्री राम सुगर मिल्स गरुडा जुन अवस्था छ अहिले लाग्छ कि चीनी मेल बन्द छ जस्तो लाग्छ ? तर त्यो चीनी मिल बन्द छैन् । याे मिलबाट जोडिएको हाम्रा किसान दाजु भाईको सपना र उदेश्य रोजी रोटी लगायत सबै बन्द छ। किन भने याे भन्दा अगाडी पनि मैले भन्या थिएँ। सर्भरहा र पिपन गरीब लगायतका किसानहरु जुन आधारित थिए याे सबैको जुडेको एउटा धरोहर सस्था थिएँ । तपाईहरु संग अनुरोध गर्न चाहन्छु यो मिल ल्याउन यही जिल्लाको समानीत ब्यक्ति पुर्व मन्त्री स्व शेख ईदृष वहाको पहलमा मिल ल्याका थिएँ। अहिले पनी काग्रेसकै उद्योग मंत्री रमेश रिजाल हुन् तर रौतहटमा पनी काग्रेसकै अहिले संघिय सांसद र प्रदेश सांसद जनताबाट निर्वाचित जनप्रतिनिधी हुन्। म भन्न चाहान्छु की रौतहट धरोहर शिर चीनीमिललाई विरासत बचाऊन जरुरी छ तपाईंहरुको जरूरी छ। पहिला हामि पढदा पैंसाको जरूरी थिए त्यो बेला मिलको नेटबाट पढ्नमा काम लाग्थे तर हाम्राे किसानको छोरा छोरीको भबिष्य अहिले संकट उत्पन्न भएको छ। याे देशमा नाम गरेका हरदयाल महतो शेख फर्मानको नामले परिचित जिल्ला हुन् वहाको सपना सकार गर्नकोलागि फेरि रौतहट जिल्ला बासी एक जुट हुन जरूरी रहेको आवश्यक रहेको नेता यादवले बताएका छन्।
यसै गरी संघीय सांसद देवप्रसाद तिमल्सिनाले उद्योग सञ्चालनको लागि संसदमा आफूले आवाज उठाएको तथा उद्योगपतिसित पनि समन्वयका लागि आग्रह गरेको बताउँदै किसानको हकहितको लागि उद्योग सञ्चालन गर्नु अपरिहार्य रहेको बताएका छन्।
यसै गरी संघीय सांसद किरण साहले सडक र सदन दुवैमा आफू सङ्घर्ष गर्न तयार रहेको तर उद्योग सञ्चालन गराएर मात्र आफूले विश्राम लिने बताएका छन्। यसै गरी प्रदेश सांसद जितेन्द्र यादवले किसानको समृद्धि र भविष्यसित उद्योग सञ्चालनको सवाल गाँसिएकोले उद्योग सञ्चालन गराउन किसानको सङ्घर्षमा आफूले हरेक किसिमले साथ दिन तयार रहेको बताएका छन्।किसान सभालाई गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार, बौधिमाई नगर प्रमुख प्रदीप कुमार यादव, वृन्दावन नगर प्रमुख विनोद पटेल, पूर्व राज्यमन्त्री डा. वंशीधर मिश्र, पूर्व राज्यमन्त्री योगेन्द्र यादव, पूर्व सांसद रामकुमार भट्टराई, राम सिनेही यादव, बृजकिशोर यादवसहित दर्जनौँ नेताहरूले सम्बोधन गर्दै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। साथै उद्योगको कुनै पनि पाट पुर्जा आफूहरूले लैजान नदिने चेतावनी पनि दिएका छन्।

उद्योग व्यवस्थापनले २०७७ साउन ११ गते सूचना प्रकाशित गरी उद्योग स्थायी रूपले बन्द गरिएको जनाएको थियो। यसै गरी व्यवस्थापन पक्षले नेपाल बैंक लिमिटेडसित मिलेर उद्योगका सम्पूर्ण मेसिनरी पाट पुर्जालाई टेन्डर प्रक्रियामार्फत गत साउन ४ गते बिक्री गरिसकेको छ।

पाँच वर्षभन्दा बढी समयदेखि पूर्णतया ठप्प रहेको उद्योगको सञ्चालनको लागि उखु उत्पादक संघले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ। संघका अध्यक्ष अशोक प्रसाद यादवले उद्योगको पाट पुर्जा जसले किनेको भए पनि लैजान नदिने तथा उद्योग सञ्चालनको वातावरण बनाउन आफूहरूले जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्।निरन्तर घाटामा गएर धराशायी भएपछि व्यवस्थापनले उद्योगलाई बन्द गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0