
दिपेश कुमार शाह रौतहट।भाद्र २०। रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच गाउँमा रहेको ठाकुर बाबाको मठ यतिबेला जुँगा तास खेल्नका लागि प्रसिद्ध भएका छन् । आज भोलि त्यहाँ दिनहु रूपमा करिब १२ वर्षदेखि २० वर्षमुनिका युवाहरु सहभागी भइ तास खेल्ने तथा लागू औषध गजा सेवन गर्ने जस्ता क्रियाकलाप हुँदै आएको देखिन्छ ।
गाउँको इतिहास बोकेको ठाकुर बाबाको मठको आफ्नै छुट्टै संस्कृति रहेको छ । करिब आज भन्दा १५-२० वर्षपहिला सो मठमा सानो वर्गको जातहरु, जुता चप्पल, गर्भवती महिला तथा रक्सी सेवन गरेकाहरुलाइ मठ भित्र प्रवेश गर्न बन्देज रहेको थियो । साथै सो मठ आफ्नै जग्गा जमिनमा उब्जाएको बाली लगायतको सामाग्रीबाट मठको बिकास हुँदै आएको करिब ७८ वर्षीय राजिन्द्र साह तेलिले बताएका छन् । उनको अनुसार आज भोलि मठ आफ्नो अस्तित्व गुमाउँदै गएको बताए । साथै मठको सुरक्षा गर्ने तथा बिकास गर्नका लागि बनाइएको मठ बिकास सदस्य समितीहरु आफै मिलोमतोमा मठको सम्पत्ति हिनामिना गरेको उनको आरोप रहेको छ ।
आज भोलि मठ भित्र जुवा सात खेल्नुका साथ साथै दिशा पिसाब समेत गर्ने गरेको स्थानीयहरुले बताएका छन् । सो समस्या हेरेर हामिलाइ मठ तिर हेर्न पनि मन लाग्दैन जितन महतोले बताएका छन । यो भन्दा पहिलाको वडा अध्यक्ष अनिलकुमार झाले आफ्नो कार्यकाल बरु मठलाई अलि व्यवस्थित बनाएर राखेको थियो तर अहिलेको वडा अध्यक्ष विष्मुकुमार दासले उनको तुलनामा २० प्रतिशत पनि मठ तिर ध्यान नदिएको उनले गुनासो गरे । उने वडा अध्यक्ष दास नामको अध्यक्ष रहेको समेत बताएका छन् । उनकै कार्यकालमा नै गाउँमा आत्महत्या, बलात्कार, जुवा तास, गजा सेवन तथा धेरै किसिमको बिकृतीहरु वृद्धि भएको उनले बताए ।






















